Dhulikhel Eco Banner new

शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.99K
shares

काठमाडौं, २४ पुस । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.५३ अंकले बढेर २,६५३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १४० कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ६ अर्ब ४० करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा समृद्धि फइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने चिर्ख्वा जलविद्युतका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सप्तकोशी विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने न्यादी जलविद्युतका लगानीकर्ताले ९.३३ प्रतिशतका दरले कमाएका छन् ।