Dhulikhel Eco Banner new

नेपालीको भान्सा महंगिदै, लगातार ७ प्रतिशतभन्दा बढिको मूल्यवृद्धि

5.8K
shares

काठमाडौं, २८ जेठ । पछिल्लो समय नेपालीहरुको भान्सा निकै महंगो बन्दै गइरहेको छ । लगातारको मूल्यवृद्धिले शहरी क्षेत्रमा बस्नेहरुको भान्सा महंगो बन्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार पछिल्लो तीन महिनामा लगातार ७ प्रतिशतभन्दा बढीको मूल्य वृद्धि भइरहेको हो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार फागुनयता वार्षिक मूल्यवृद्धि सात प्रतिशतमाथि पुगेको देखिएको छ ।

वैशाखमा मूल्य वृद्धि ७.८७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले चालु आवमा वार्षिक मूल्यवृद्धि औसतमा ६.५ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ । हालसम्म चालु आर्थिक वर्षको वार्षिक औसत मूल्यवृद्धि भने ५.८४ प्रतिशत छ ।

वैशाखमा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत घ्यु र तेलमा सबैभन्दा धेरै २४.८७ प्रतिशतले मूल्यवृद्धि भएको छ भने फलफूलमा १२.६१ प्रतिशतको वृद्धि भएको छ । दुग्ध पदार्थ र अण्डामा ११.३० प्रतिशत, दाल, गेडागुडीमा १०.५३ र सुर्तीजन्य प्रदार्थमा ९.७० प्रतिशतको मूल्य वृद्धि छ ।