Dhulikhel Eco Banner new

सुनको मूल्यमा सामान्य वृद्धि, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

2.26K
shares

काठमाडौं, २९ पुस । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ५५ हजार ७ सयमा कारोबार भएको सुनको मूल्य सोमबार १ सयले बढेर तोलामा १ लाख ५५ हजार ८ सयमा कायम भएको हो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही रकम कायम भएको छ ।