शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
वि.सं.२०८१ माघ १ मंगलवार १२:०९
shares

काठमाडौं, १ माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका दुई सदस्यका लागि दरखास्त आह्वान गरेको छ । आयोगले मंगलबार एक सूचना प्रकाशित गरेर एक जना महिलासहित दुई जना सदस्यको लागि दरखास्त आह्वान गरेको हो ।
एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मंगलबार दरखास्त आह्वान भएको हो ।
दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटमार्फत पाउन सकिनेछ भने आवेदन मन्त्रालयको शिक्षालय शिक्षा शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ।



















