Dhulikhel Eco Banner new

नेपाल एसबीआई बैंकको खुद नाफा ७.११ प्रतिशतले बढ्यो

2.22K
shares

काठमाडौं, ७ माघ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ९० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिको भन्दा ७.११ प्रतिशतले धेरै हो ।

गत वर्ष यस बैंकले ८४ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको इम्पेयरमेन्ट चार्ज ७४ करोडबाट घटेर २३ करोड रुपैयाँमा झरेको छ । जसकारण नाफामा सुधार आएको हो । यता, खुद ब्याज आम्दानी पनि १३.७४ प्रतिशतले घटेर २ अर्ब २९ करोड रुपैयाँमा झरेको छ । गत वर्ष उक्त आम्दानी २ अर्ब ६५ करोड थियो ।

चुक्ता पुँजी १० अर्ब ५० करोड रुपैयाँ रहेको एसबीआईको जगेडा कोषमा ७ अर्ब ९३ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ १५ पैसा (वार्षिक) कायम रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १८७.०७ रुपैयाँ रहेको छ ।