सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ माघ १३ आइतवार १०:४३
2.59K
shares
shares

काठमाडौं, १३ माघ । स्थानीय बजारमा साताको पहिलो दिन पहेँलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार तोलामा १ लाख ६० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आइतवार २सयले घटेर तोलामा १ लाख ६० हजार ४ सयमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलामा १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतवार घटेर १ हजार ८६५ रुपैयाँमा कायम भएको छ ।

















