Dhulikhel Eco Banner new

शेयर बजारमा २०२ कम्पनीको शेयर मूल्य बढ्दा यी १० कम्पनीका लगानीकर्ता बने मालामाल

1.73K
shares

काठमाडौं, २० माघ । आइतवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६९.८० अंकले घटेर २,७२७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १२ अर्ब ९५ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा उन्नती सहकार्य लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भुगोल इनर्जी, ग्रामिण विकास लघुवित्त र एनएमबि माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको हो ।

त्यसैगरी, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने केबिएल ऋणपत्रका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले कमाएका छन् ।