Dhulikhel Eco Banner new

सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

741
shares

काठमाडौं, १८ वैशाख । बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुमबासीका लागि सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्वास्थ्य शिविरमार्फत बहुआयामिक स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले सकेसम्म धेरै नागरिकलाई समेटेर स्वास्थ्य उपचार सेवा प्रदान गर्ने प्रयास भइरहेको बताए । उनका अनुसार शिविरमा बालरोग, स्त्रीरोग, दन्त उपचार तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिएको छ । रङ्गशालामा आफनो विवरण टिपाउन आउनेहरूलाई त्यहाँ सञ्चिालित स्वास्थ्य सहायता एवं उपचार कक्षमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको हो ।

ुशुक्रबार ६८ जनाले सेवा लिनुभएको छ । सम्भव भएसम्म यहीँ उपचार गरेका छौँ । थप उपचार आवश्यक भए सरकारी अस्पतालमा सिफारिस गर्दै आएका छौँ, सचिव देवकोटाले भने । उनका अनुसार कीर्तिपुरमा सञ्चालित अर्को शिविरमा आँखा र दाँतसम्बन्धी सेवा लिनेको सङ्ख्या उल्लेख्य छ ।

दशरथ रङ्गशालास्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नेतृत्वमा बहिरङ्ग ९ओपीडी० सेवा सञ्चालन भइरहेको छ । अस्पतालका निर्देशकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।

यस्तै, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट एक चिकित्सक र एक नर्स, पाटन मानसिक अस्पतालबाट चिकित्सक र नर्स गरी चार जना तथा कान्ति बाल अस्पतालबाट बालरोग विशेषज्ञसहित नर्स खटिएका छन् ।

पाटन मानसिक अस्पतालका डा। वासुदेव कार्कीले मनोसामाजिक परामर्श लिन आउनेलाई परामर्शसँगै आवश्यक औषधि उपलब्ध गराउने काम भइरहेको जानकारी दिए । कान्ति बाल अस्पतालका डा। जगरनाथ साहले बालबालिकासम्बन्धी स्वास्थ्य समस्याको उपचारका लागि आफूहरूसँगै नर्स टोली परिचालित रहेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार औषधि तथा आवश्यक स्वास्थ्य सामग्री औषधि व्यवस्थापन महाशाखा र स्वास्थ्य सेवा विभागसँग लोजिस्टिक समन्वय भइरहेको छ । कीर्तिपुर क्षेत्रमा वीर अस्पतालले नेतृत्व लिएर सेवा सञ्चालन गरिरहेको छ ।

आज पहिलो दिन भएकाले प्रत्येक सेवामा एक चिकित्सक र एक नर्स राखिएको छ । काठमाडौँ महानगरपालिका, विभाग र मन्त्रालयका स्वास्थ्यकर्मी पनि परिचालित छन् । जनशक्तिको कमी छैन,ु सचिव देवकोटाले भने, आजको अनुभवका आधारमा भोलिबाट थप व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्नेबारे काम गर्छौं ।

उनले विस्थापित नागरिकलाई बसोबास गुमाउँदा मनोसामाजिक तनाव हुन सक्ने, केहीमा पुराना रोग वा सङ्क्रमण देखिन सक्ने भएकाले प्रारम्भिक पहिचान र उपचारका लागि स्वास्थ्य शिविर महत्त्वपूर्ण भएको बताए ।