Dhulikhel Eco Banner new

नेशनल लाईफ इन्स्योरेन्सको नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

819
shares

काठमाडौं, १८ वैशाख । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना अभिकर्ताहरूका लागि आयोजना गरेको २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न गरेको छ।

चितवनको सौराहास्थित होटल सेवन स्टारमा आयोजित कार्यक्रममा देशभरबाट उत्कृष्ट व्यवसाय गरी छनोट भएका ३५४ जना वरिष्ठ अभिकर्ताहरूको सहभागिता रहेको थियो।

“संस्कृति, सौहार्द र सयरको संगम” भन्ने नारासहित २०८२ सालको फाल्गुण र चैत महिनामा सञ्चालन गरिएको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई प्रोत्साहनस्वरूप उक्त कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख, विभिन्न शाखाका शाखा प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो। साथै, चर्चित कलाकारहरूको समूहबाट लोकदोहोरी तथा नृत्य प्रस्तुत गरी सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो।

सहभागी अभिकर्ताहरूले कार्यक्रमबाट पूर्ण मनोरञ्जन लिएको बताउँदै नेपालको एक मात्र क्रुजमा यात्रा गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमले मनोरञ्जनसँगै आफ्नो व्यावसायिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।