Dhulikhel Eco Banner new

डोजर अभियान चलिरहँदा एक सुकुमबासी बागमती नदीमा मृत फेला

767
shares

काठमाडौं, १८ वैशाख । सुकुमबासी बस्ती हटाउने सरकारी अभियान जारी रहेकै क्रममा बागमती नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार मृतक खोटाङ घर भएका अन्दाजी ५५ देखि ६० वर्ष उमेर समूहका इन्द्रबहादुर राई हुन्। शुक्रबार काठमाडौँ महानगरपालिका–१४ अन्तर्गत फोहोर सङ्कलन केन्द्र नजिक नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

राईको परिवार टेकुस्थित सुकुमबासी बस्तीमा बस्दै आएको जनाइएको छ। सोही क्षेत्रमा सरकारले डोजर प्रयोग गरी बस्ती हटाउने अभियान अघि बढाइरहेको छ।

यसअघि प्रशासनले बुधबार साँझ नै उक्त बस्ती खाली गर्न सूचना जारी गरेको थियो। बस्ती हटाउने कार्य जारी रहेकै बीचमा यस्तो घटना भएको हो।