नेपाल अमेरिका आर्थिक साझेदारी मजबुत बनाउन स्वर्णिम वाग्ले र सर्जियो गोर बीच भेटवार्ता
वि.सं.२०८३ वैशाख १८ शुक्रवार १६:३९
shares

काठमाडौं, १८ वैशाख । अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का विशेष दूत सर्जियो गोर बीच शुक्रबार महत्वपूर्ण भेटवार्ता भएको छ।
अर्थ मन्त्रालयमा दिउँसो साढे तीन बजे सुरु भएको उक्त भेटवार्ता करिब २० मिनेटसम्म चलेको थियो। भेटका क्रममा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारी सुदृढ गर्ने, विकास सहायता विस्तार गर्ने तथा द्विपक्षीय सहयोगका विविध आयामबारे छलफल भएको बताइएको छ।
दुवै पक्षले नेपालको आर्थिक विकास, लगानी प्रवर्द्धन र पूर्वाधार निर्माणमा सहकार्यका सम्भावनाहरूबारे विचार आदान–प्रदान गरेका थिए। साथै, अमेरिकी सहयोग कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने र पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल केन्द्रित रहेको जनाइएको छ।


















