Dhulikhel Eco Banner new

सामसङ नेपालद्वारा ‘रेमिटमा बेनिफिट’ अभियान सुरु

481
shares

काठमाडौं, १८ वैशाख । सामसङ नेपालले ‘रेमिटमा बेनिफिट’ नामक विशेष उपभोक्ता अभियान सुरु गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई लक्षित गर्दै ल्याइएको यो अभियानले रेमिट्यान्सलाई जीवनस्तर सुधारसँग जोड्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रेमिट्यान्स केवल आर्थिक आम्दानी मात्र नभई त्याग, जिम्मेवारी र भविष्यप्रतिको आशासँग जोडिएको विषय भएकाले यस अभियानमार्फत त्यसलाई अझ प्रभावकारी बनाउने प्रयास गरिएको हो। यस अभियानले रेमिट्यान्समा निर्भर परिवारहरूलाई आधुनिक प्रविधिमा सहज पहुँच दिलाउने लक्ष्य राखेको छ।

अभियानअन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादन खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्। स्मार्टफोन, टेलिभिजन, फ्रिज तथा धुने मेसिनमा अधिकतम ६ प्रतिशतसम्म नगद फिर्ता, मोबाइल रिचार्जमा बोनस डेटा तथा २४ महिनासम्म किस्ताबन्दी सुविधा उपलब्ध गराइएको छ।

यो अभियान आईएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापार लिमिटेडसँगको सहकार्यमा सञ्चालन गरिएको हो।

अफर उपयोग गर्न ग्राहकहरूले आईएमई रेमिटमार्फत रकम प्राप्त गरी सोको नम्बर लिएर बिक्री केन्द्रमा जानुपर्नेछ। त्यसपछि आफूलाई आवश्यक सामान छनोट गरी किस्ताबन्दी सुविधा लिन सकिनेछ। साथै मोबाइल खरिदमा बोनस डेटा र नगद फिर्ता सुविधा पनि उपलब्ध हुनेछ।

अभियान सार्वजनिक गर्दै सामसङ नेपालका एमएक्स व्यवसायका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले रेमिट्यान्सलाई विदेशमा काम गर्ने नेपालीहरूको आशा र मेहनतको प्रतिफलका रूपमा उल्लेख गर्दै यस अभियानले त्यसलाई थप उपयोगी बनाउन सहयोग गर्ने बताए।

कम्पनीका अनुसार यो सुविधा विशेष रूपमा आईएमई रेमिटमार्फत रकम पठाउने सेवाग्राही र उनीहरूका परिवारका लागि उपलब्ध हुनेछ।