Dhulikhel Eco Banner new

काठमाडौंको बल्खु क्षेत्रमा पनि डोजर चल्यो (फोटोफिचर)

949
shares

काठमाडौं, १८ वैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा शुक्रवार बिहानदेखि अनाधिकृत रूपमा बनेका घर टहरामा डोजर चलाइएको छ।

बिहानैदेखि सुरक्षाकर्मी र नगरप्रहरीको उपस्थितिमा बस्ती खाली गराउने काम सुरु गरिएको हो। डोजर चल्दै गर्दा स्थानीयहरूले आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिरहेका देखिएका छन् भने केहीले आफ्ना संरचना भत्किएको दृश्य टाढाबाट अवलोकन गरेका छन्।

यो अभियान बल्खु क्षेत्रसँगै वंशीघाट, स्वयम्भु, बालाजु, सामाखुशी, खाडिपाखा र रानीबारीसम्म विस्तार गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार नदी किनाराका बस्ती तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनाहरू हटाउन एकैपटक यो अभियान सञ्चालन गरिएको हो।

यसअघि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा पनि यस्तै प्रकारका अनाधिकृत बस्ती हटाउने काम सम्पन्न भइसकेको थियो।

स्थानीयवासीहरूको प्रतिक्रिया भने मिश्रित देखिएको छ। केहीले सरकारी कदमलाई समर्थन गरेका छन् भने केहीले बसोबास र भविष्यबारे चिन्ता व्यक्त गरेका छन्। कतिपयले लामो समयदेखि बसेको ठाउँ छोड्नुपर्ने बाध्यतामा आफूहरू परेको बताएका छन्।

अभियान जारी रहेसँगै प्रभावित क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।