Dhulikhel Eco Banner new

सामान्य अकंले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

2.37K
shares

काठमाडौं, २३ माघ । बुधवार शेयर बजार सामान्य अकंले घटेको छ । शेयर बजार ४.४५ अंकले घटेर २,७११ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ९५ करोडको कारोबार भएको हो ।

सामान्य अकंले घटेको शेयर बजारमा उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले ९.८१ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी समृद्धि फाइनान्सका लगानीकर्ताले ९.४६ प्रतिशतका दरले कमाएका छन् ।