Dhulikhel Eco Banner new

४.२० प्रतिशत बोनस प्रस्तावसहित सानिमा लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

4.41K
shares

काठमाडौं, ३० जेठ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडका सेयरधनीले चुक्ता पूँजीको ४.२० प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

कम्पनीको जेठ २५ गते सम्पन्न ७५ औं बैठकले आर्थिक वर्ष २०७६÷७७ सम्मको नाफाबाट  सेयरधनीलाई चुक्ता पूँजी पूँजीको ४.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै सोही बैठकले असार २० गते सोमबार स्मार्ट दरबार ब्यांक्वेट धुम्बाराहीमा बिहान १० बजे चौथो वार्षिक साधारण सभा डाकेको छ । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ का लागि प्रस्तावित कुल ४.४२ प्रतिशत (४.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ ।

यस्तै सभाले सानिमा लाइफ इन्स्योरेन्सको अधिकृत तथा चुक्ता पुँजी वृद्धिको विशेष प्रस्ताव पनि पारित गर्नेछ । पुँजी वृद्धिको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले कुनै जीवन बीमा कम्पनीसँग गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट र समझदारीपत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियार दिनेछ ।

सभामा आर्थिक वर्ष २०७६÷७७ का वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु उपर छलफल गरी पारित गर्ने एजेण्डा छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले असार ८ गते बुधबार एक दिन सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ ।