Dhulikhel Eco Banner new

लुक्लामा डेढ सय पर्यटक अलपत्र

4.13K
shares

काठमाडौं, ३० जेठ । मौसममा आएको खराबिका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसकेपछि पर्यटक अलपत्र परेका हुन् ।

मौसम प्रतिकूल हुँदा गएको आइतवारदेखि त्यहाँ कुने पनि उडान हुन सकेको छैन् । मौसम प्रतिकूल हुँदा सबै उडान तालिका समेत रद्द भइरहेका नागरिक उड्यन प्राधिकरण लुक्लाले जनाएको छ ।

तेन्जिङ हिलारी विमानस्थलबाट उडान नभए पछि कतिपय पर्यटक पैदल हिडेर जिल्ला सदरमुकमा सल्लेरी हुँदै गाडि मार्फत काठमाडौं फर्कने गरेको बताइएको छ ।