११ निर्माण कम्पनीले अटेर गरेपछि सात दिनको अन्तिम म्याद
वि.सं.२०८१ फागुन १५ बिहीवार ११:०४
2.72K
shares
shares

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री कार्यालयको सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ निर्माण कम्पनीलाई काम सन्तोषजनक नभएको भन्दै सात दिनको भित्र स्पष्टीकरण मागेको छ।
यसअघि ३० दिनको म्याद दिइएको भए पनि निर्माण व्यवसायीहरूले अटेर गरेपछि अन्तिमपटक सात दिनको म्याद दिइएको हो।
स्पष्टीकरण मागिएका कम्पनीहरूमा जनकपुरका शिव कुमार महतो नेतृत्वको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्रको एसडी कन्स्ट्रक्सन, र राधेश्याम झा नेतृत्वको शिवम् कन्स्ट्रक्सन समावेश छन्।


















