सुनको मूल्यमा सामान्य गिरावट, हेर्नुस कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८१ फागुन १५ बिहीवार १०:४६
2.59K
shares
shares

काठमाडौं, १५ फागुन । स्थानीय बजारमा बिहीवार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधवार तोलामा १ लाख ७० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बिहीवार २ सयले घटेर तोलामा १ लाख ७० हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, बिहीवार चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार बढेर प्रतितोला १ हजार ९४५ मा कायम भएको छ ।

















