Dhulikhel Eco Banner new

नबिल बैंकले ७४ व्यक्तिको नाम सार्वजनिक, फोन लोन नतिर्ने ऋणीलाई कारबाही गर्ने चेतावनी

2.65K
shares

काठमाडौं, १५ फागुन । नबिल बैंकले फोन लोन अन्तर्गत ऋण लिई नतिर्ने ७४ व्यक्तिको नाम सार्वजनिक गरेको छ।

बैंकले आफ्ना ग्राहकहरूको कारोबार इतिहासलाई ध्यानमा राख्दै विश्वास गरेर २ लाख रुपैयाँसम्म बिना धितो ऋण दिएको थियो। ती ग्राहकहरूले ऋण नतिरेपछि बैंकले उनीहरूको नाम सार्वजनिक गरेको हो।

विशेषगरी, बैंकले विभिन्न संस्थामा काम गरी नियमित रुपमा बैंक पेरोलमार्फत् तलब भुक्तानी हुँदै आएका व्यक्तिलाई त्यस्तो रकमको आधारमा २ लाख रुपैयाँसम्म कर्जा दिँदै आएको थियो । यसका लागि बैंकसम्म जानु नपर्ने र धितो पनि नचाहिने व्यवस्था गरिएको थियो।

हाल ऋण नतिरेका ७४ व्यक्तिको नाम सार्वजनिक गर्दै बैंकले ३५ दिनभित्र कर्जा तिर्न आग्रह गरेको छ। यदि निर्धारित समयसम्म ऋणीहरू सम्पर्कमा नआएमा बैंकले कानूनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी बैंकको रिपोर्टमा उल्लेख गरिएको छ ।