Dhulikhel Eco Banner new

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा आगामी चैत ११ गते

3.89K
shares

काठमाडौं, १६ फागुन । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी चैत ११ गते सोमबारको दिन आयोजना गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिले फागुन १५ गते बसेको बैठकमा बिराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजे सभा सुरु गर्ने तय गरेको हो।

सभामा प्रमुख प्रस्तावहरूको रुपमा अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक कार्य सम्पन्न गर्ने, पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पेश गरिने छ। यसका अतिरिक्त, कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, नयाँ २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकको भत्ता र सुविधाको निर्धारण गर्ने, र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने छ।

सभा आयोजनाका लागि कम्पनीले फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसका आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनी मात्र साधारणसभामा भाग लिन सक्षम हुनेछन्।