बुढानीलकण्ठ नगर अस्पतालका लागि ३० कर्मचारी माग
वि.सं.२०८१ फागुन १८ आइतवार ०९:५८
2.95K
shares
shares

काठमाडौं, १८ फागुन । बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालका लागि कर्मचारी माग गरेको छ । नगरपालिकाको नगर अस्पतालका लागि ३० जना कर्मचारी माग गरेको हो ।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्नेसियन, रेडियोग्राफर, फार्मेसी सहायक लगायतका पदमा दरखास्त आह्वान गरेको छ ।
दरखास्तपछि सफल हुने उम्मेदवारलाई करारमा नियुक्ति गरिने सूचनामा उल्लेख छ । इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्ने छन् ।


















