कृषि विकास बैंकको सञ्चालकमा पोखरेल नियुक्त
वि.सं.२०८१ फागुन १८ आइतवार १४:१९
shares

काठमाडौं, १८ फागुन । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा सेवन्तक पोखरेल नियुक्त भएका छन् । नेपाल सरकारको निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा मनोनीत गरिएको हो ।
उनलाई मन्त्रीपरिषद्को बैठकले फागुन ११ गते नियुक्त गरेको थियो । अर्थमन्त्रालयका प्रतिनिधिका रुपमा मन्त्रीपरिषद्ले निर्णय गरेपछि उनले १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक नम्बर ११४९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिए ।
नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत छन् ।


















