त्रिवि शिक्षण अस्पतालले माग्यो ७ जना क्लिनिकल रजिस्ट्रार
वि.सं.२०८१ फागुन १९ सोमवार १०:१३
shares

काठमाडौं, १९ फागुन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले क्लिनिकल रजिस्ट्रार पदमा कर्मचारी माग गरेको छ ।
अस्पतालले बालरोग, सामान्य चिकित्सा, रेडियोलोजी, एनेस्थेसियोलोजी, मानसिक रोग र जनरल सर्जरी विभागमा जम्मा ७ जना क्लिनिकल रजिस्ट्रार कर्मचारी माग गरेको हो ।
अस्पतालले करारमा नियुक्ति गर्ने गरी सोमबार सूचना जारी भएको हो । इच्छुक उम्मेदवारले फागुन २६ गतेभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।
















