Dhulikhel Eco Banner new

कुमारी बैंकका ग्राहकलाई टेस्ला डायग्नोस्टिक क्लिनिकमा १० प्रतिशतसम्म छुट

2.09K
shares

काठमाडौं, १९ फागुन । कुमारी बैंक र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिकबिच बैंकका ग्राहकहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स–रे, मेमोग्राम एलटासोनोग्राफी, युएसजिक कलर डप्लर, बोन मिनरल डेन्सीटी टेष्ट, डेन्टल अर्थोप्यान्टोमोग्राम एण्ड कोन बिम कम्प्युटेड टोमोग्राफी, इको कार्डियोग्राफी र इलेक्ट्रो कार्डियोग्राफीमा ५ प्रतिशत तथा फार्मेसीमा ५ प्रतिशत देखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।