Dhulikhel Eco Banner new

‘इमान विशेष सम्मान’बाट न्यु बिजनेश एजका लम्साल सम्मानित

2.99K
shares

काठमाडौं, २३ फागुन । इमान विशेष सम्मानबाट न्यू बिजनेश एज लि. का अध्यक्ष तथा आर्थिक अभियान दैनिक र न्यू बिजनेश एज म्यागेजिनका प्रधानसम्पादक मदन लम्साल सम्मानित भएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आफ्नो दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारण सभाका अवसरमा उनलाई विशेष सम्मानबाट सम्मानित गरेको हो ।

शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहकाबीच प्रतिनिधि सभाका सभामुख देबराज घिमिरे, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बहादुर मिश्र लगायतले माला, दोसल्ला र सम्मानपत्रसहित लम्साललाई सम्मान गरे ।

‘मुलुकको अर्थतन्त्रमा देखिएका समस्या उजागर गर्दै सुधार गर्नु पर्ने विषयहरू देखाइदिएर लामो समयदेखि आर्थिक पत्रकारिताको गरिमा वृद्धि गर्न यहाँ र यहाँले नेतृत्व गरेको संस्थाले पुयाएको योगदानको उच्च कदर गर्दछौं,’ सम्मानपत्रमा लेखिएको छ, ‘तपाई र तपाईले नेतृत्व गर्नु भएको संस्थाले आर्थिक मिडिया उद्योगको क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकोत्सव तथा तेस्रो साधारणसभाका अवसरमा उच्च सम्मान गर्दछौं ।’

सकारात्मक कुराले पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन सकिन्छ भन्ने न्यु विजनेश एज उदाहरण बनेको सम्मानपत्रमा लेखिएको छ ।

सो अवसरमा लम्सालले निजी क्षेत्र र मिडियाको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गरे। उनले मिडियाको विकासका लागि निजी क्षेत्र चाहिने र निजी क्षेत्रको विकासका लागि मिडिया आवश्यक रहेको बताए ।