Dhulikhel Eco Banner new

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

3.39K
shares

काठमाडौं, २५ फागुन । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।

हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड छ । कम्पनीले नियामकले तोकेबमोजिम साढे २ अर्ब चुक्ता पूँजी पुर्‍याउन सकेको छैन । गत साता बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९४ रुपैयाँ छ ।