यस्तो छ आइतवारका लागि विदेशी मुद्राको विनिमयदर
वि.सं.२०८१ फागुन २५ आइतवार १०:१३
shares

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकले फागुन आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.७० रुपैयाँ र बिक्रीदर १३९.३० रुपैयाँ कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १५.४९ रुपैयाँ र बिक्रीदर १५१.१४ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७९.१७ रुपैयाँ र बिक्रीदर १७९.९५ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५७.७६ रुपैयाँ र बिक्रीदर १५८.४४ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.४० रुपैयाँ र बिक्रीदर ८७.७८ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९६.९१ रुपैयाँ र बिक्रीदर ९७.३३ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०४.२७ रुपैयाँ र बिक्रीदर १०४.७२ रुपैयाँ, जापानी येन १० को खरिददर ९.४० रुपैयाँ र बिक्रीदर ९.४४ रुपैयाँ निर्धारण गरिएको छ ।
















