Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.72K
shares

काठमाडौं, ३ चैत । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २१.६३ अंकले घटेर २,७१४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ६ अर्ब ८३ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ८.१९ प्रतिशतका दरले बढेको छ ।

यसदिन विशाल बजार कम्पनीका लगानीकर्ताले ५.३४ प्रतिशतका दरले कमाएका छन् भने आरएसडिसि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.४३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी माथिल्लो हेवाखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ४.१८ प्रतिशतका दरले कमाएका छन् भने सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताले ३.८६ प्रतिशतका दरले कमाएका छन् ।