Dhulikhel Eco Banner new

वाणिज्य बैंकहरूको निक्षेप संकलनमा सुधार, ग्लोबल बैंक आईएमई बैंकको अग्रता

2.51K
shares

काठमाडौं, ४ चैत । चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा निक्षेप नेपालका वाणिज्य बैंकहरूले निक्षेप संकलनमा उल्लेखनीय सुधार गरेका छन्। नेपाल बैंकर्स संघ (एनबीए) सार्वजनिक गरको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको फागुनसम्ममा २० वटा वाणिज्य बैंकहरूले कुल ६० खर्ब ३७ अर्ब ४ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन्।

समिक्षा अवधिमा ग्लोबल बैंक आईएमई बैंकले अग्रता हासिल गर्दै सबैभन्दा बढी निक्षेप संकलन गरेको देखिन्छ। उक्त बैंकले फागुनसम्म ५ खर्ब ३३ अर्ब रुपैयाँ संकलन गरेको छ। दोस्रो स्थानमा नबिल बैंकले ५ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट बैंकले ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रूपैयाँ, कुमारी बैंकले ३ खर्ब ५६ अर्ब रूपैयाँ, र लक्ष्मी सनराइज बैंकले ३ खर्ब ५० अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्।

प्रभु बैंकले ३ खर्ब १२ अर्ब, नेपाल बैंकले ३ खर्ब ९ अर्ब, हिमालयन बैंकले ३ खर्ब ३ अर्ब, र एनआईसी एशिया बैंकले २ खर्ब ९८ अर्ब संकलन गरेका छन्। एभरेष्ट बैंकले २ खर्ब ६७ अर्ब रूपैयाँ, एनएमबी बैंकले २ खर्ब ६६ अर्ब रूपैयाँ र कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्।

यसैगरी, सिद्धार्थ बैंकले २ खर्ब ४६ अर्ब रूपैयाँ, सानिमा बैंकले २ खर्ब १५ अर्ब रूपैयाँ, र सिटिजन्स बैंकले २ खर्ब १ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्। नेपाल एसबीआई बैंकले १ खर्ब ८१ अर्ब र माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रूपैयाँ निक्षेप संकलन गरेका छन्।

तथ्यांक अनुसार, सबैभन्दा कम निक्षेप संकलन गर्ने वाणिज्य बैंक भने स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । उक्त बैंकको माघ महिनामा मात्र १ खर्ब २५ अर्ब रूपैयाँ निक्षेप संकलन गरेको छ।