Dhulikhel Eco Banner new

बैंकहरूले ‘सीएसआर’को रकम प्रत्येक प्रदेशमा १० प्रतिशत खर्च गर्नुपर्ने

2.42K
shares

काठमाडौं, ५ चैत । वाणिज्य बैंक र वित्तीय संस्थाहरूसँग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषको १० प्रतिशत रकम प्रत्येक प्रदेशमा खर्च गर्नुपर्ने भएको छ । ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१’ जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकको निर्देशिका अनुसार, बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद नाफाबाट १ प्रतिशत रकम सीएसआर कोषमा जम्मा गर्छन्। यस कोषको रकम न्यायोचित र समान वितरणको उद्देश्यले प्रत्येक प्रदेशमा खर्च गर्नुपर्ने आवश्यकतासमेत राखिएको छ।

त्यस्तै, बैंकहरूले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमको ६० प्रतिशत खर्च गर्नुपर्ने छ ।