Dhulikhel Eco Banner new

बर्ली एयर कूलर नेपालमा भव्य रूपमा लन्च

2.03K
shares

काठमाडौं, ५ चैत । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। यो भव्य कार्यक्रम सोमबार काठमाडौंको भिवान्ता होटलमा आयोजना गरिएको हो ।

कार्यक्रममा उत्पादित वस्तुहरूको अनावरण सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माद्वारा गरेका हुन्। बर्लीको गुणस्तर, नवीनता र नेपाल बजारमा कम्पनीको भविष्यको योजनाहरूको प्रतिबद्धतालाई झल्काउने गरी भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख व्यापार साझेदार, सञ्चारकर्मीहरू र वितरण सञ्जालका प्रतिनिधिहरू सहभागी भएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बर्ली होम एप्लायन्सका प्रबन्ध निर्देशक चिराग शर्माले नेपालमा सार्वजनिक गरिएका उत्पादनहरूको विशेषता र भविष्यमा बर्लीको थप नयाँ उत्पादनहरू पनि नेपालमा प्रस्तुत गर्ने योजनाबारे चर्चा गरे।

कम्पनीका अनुसार बर्लीका उत्पादनहरू उपयोगमा सरल, सुलभ मूल्यमा उपलब्ध र ग्राहकहरूको लागि उच्च मूल्य प्रदान गर्ने ख्याति राख्दछन्। बर्लीले नेपाली बजारमा प्रवेशसँगै सीजी इलेक्ट्रोनिक्सलाई आफ्नो आधिकारिक एकमात्र वितरकको रूपमा नियुक्त गरेको छ। यो सहकार्यले उच्च गुणस्तर, किफायती मूल्य, र उपयोगमैत्री समाधानहरू नेपाली ग्राहकको पहुँचमा पुर्‍याउने उद्देश्य राखेको छ र यो सहकार्य आगामी दिनहरूमा अझ विस्तार र सुदृढ हुने अपेक्षा गरिएको छ।