Dhulikhel Eco Banner new

प्रतिकित्ता एक सयमै सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमा

2.35K
shares

काठमाडौं, ५ चैत । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक तथा योग्य लगानीकर्ताले आगामी ७ दिनभित्र काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।