Dhulikhel Eco Banner new

शेयर बजारमा १८३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.29K
shares

काठमाडौं, ६ चैत । बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार १४.१८ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ५ अर्ब १४ करोडको कारोबार भएको हो ।

शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.२० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन गरिमा हिमालायन पावर पार्टनरका लगानीकर्ताले ४.५२ प्रतिशतका दरले गुमाएका छन् भने स्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ४.२० प्रतिशतका दरले गुमाएका छन् भने मनाकामना इन्जीनेरिङ हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतका दरले गुमाएका छन् ।