Dhulikhel Eco Banner new

प्रतितोला ६ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.72K
shares

काठमाडौं, ११ चैत । स्थानीय बजारमा सोमवार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

आइतवार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य सोमवार ६ सयले घटेर प्रतितोला १ लाख ७३ हजार ५ सयमा कायम भएको हो ।

त्यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतवार तोलामा १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार पनि सोहि मूल्य कायम भएको छ।