Dhulikhel Eco Banner new

तिन दिनका लागि एप्पल सेक्युरिटिजको शेयर कारोबार निलम्बन

2.17K
shares

काठमाडौं, ११ चैत ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) लाई निलम्बन गरेको छ।

कम्पनीले तोकिएको समयभित्र राफसाफ तथा फछ्यौट प्रक्रिया पूरा नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा उक्त निर्णय गरिएको नेप्सेले जनाएको छ।

 नियमनकारी मापदण्ड पालना गर्नुपर्ने दायित्व पूरा नगरेकाले कारबाहीस्वरूप अस्थायी निलम्बन गरिएको हो। यस अवधिमा एप्पल सेक्युरिटिजले कुनै पनि कारोबार गर्न पाउने छैन।