उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ता बने मालामाल
वि.सं.२०८१ चैत १३ बुधवार १५:११
shares

काठमाडौं, १३ चैत । बुधवार शेयर बजारमा उच्च अंकले बढेको छ । शेयर बजार ४०.४७ अंकले घटेर २,६२३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ४ अर्ब २० करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा राप्ती हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ४.७४ प्रतिशतका दरले बढेको छ ।
यसदिन बुद्धभूमि नेपाल जलविद्युतका लगानीकर्ताले ५.५५ प्रतिशतका दरले कमाएका छन् भने आरबीबी म्युचुअल फन्डका लगानीकर्ताले ५.३३ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, युनाइटेड आईडीआई मार्डी आरबी हाइड्रोपावरका लगानीकर्ताले ५.१७ प्रतिशतका दरले कमाएका छन् भने मनकामना इन्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले कमाएका छन् ।



















