Dhulikhel Eco Banner new

कनेक्ट आईपीएसको इलेक्ट्रिफाईङ अफर, इलेक्ट्रिक स्कुटर जित्न सकिने

5.11K
shares

काठमाडौं, १ असार । कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टार गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।

यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् । त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।

बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा वा यसको मोबाइल एप मार्फत रजिष्टार गर्न सक्छन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।

सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्ल्याट्फर्म हो । यसले दैनिक औसत साढे १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्र्छयोट गर्ने गरेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।