Dhulikhel Eco Banner new

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा उजुरी

2.63K
shares

काठमाडौं, १५ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । नेपालका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै प्रसाईँविरुद्ध उजुरी परेको हो ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले उजुरी दिएका हुन् । उक्त उजुरी शुक्रबार ब्युरोमा दर्ता भएको छ । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले प्रसाईंविरूद्ध अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी साइबर अपराध ऐन अनुसार कारबाहीको माग गरेका छन्।

प्रसाईंले समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको भनि झुटो प्रचार गरिरहेको जाहेरीमा उल्लेख छ। यस्तै त्यो पूर्णतस् भ्रामक र नेपालको अल्पसंख्यक समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान गरिएको जाहेरीमा उल्लेख गरिएको छ।