Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ७९ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

41.48K
shares

काठमाडौं, १९ चैत । शेयर बजारमा ५ अर्ब ७९ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ६४ करोड २५ लाख रुपैयाँ कारोबार भएको हो ।

 यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको ४५ करोड ६० लाख रुपैयाँ कारोबार भएको छ भने सीईडीबी होल्डिङ्सको २७ करोड ७७ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन पावर पार्टनरको २१ करोड २९ लाख रुपैयाँ कारोबार भएको छ ।