Dhulikhel Eco Banner new

शेयर बजारमा उच्च अंकले गिरावट, २२१ कम्पनीको शेयर मूल्य घट्यो

3.78K
shares

काठमाडौं, २५ चैत । सोमवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३२.४५ अंकले घटेर २,६७० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २३ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब ६५ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ६.७५ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयर मुल्य ५.३५ प्रतिशतका दरले गुमाएका छन् ।