Dhulikhel Eco Banner new

दुर्गा प्रसाईंलाई झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ, विमानमार्फत काठमाडौं ल्याइने

2.08K
shares

काठमाडौं, २९ चैत । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको छ । प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको हो ।

यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार आसाम प्रहरी समक्ष आत्ममसर्पण गरेको बताएको थियो । आसाम प्रहरीले सीमा क्षेत्रसम्म प्रसाईंलाई ल्याएर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ ।

अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको पाइएको छ ।

प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याउने तयारी भएको छ ।