निरन्तर नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८१ चैत ३१ आइतवार १०:५९
3.09K
shares
shares

काठमाडौं, ३१ चैत । स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रवार तोलामा १ लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य आइतवार १ हजारले बढेर प्रतितोला १ लाख ८६ हजारमा कायम भएको हो ।
त्यस्तै, आइतवार चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ । शुक्रवार तोलामा १ हजार ९०५ मा कारोबार भएको चाँदीको मूल्य आइतवार बढेर १ हजार ९६० रुपैयाँमा कायम भएको छ ।

















