Dhulikhel Eco Banner new

बिहीवारदेखि तीन दिनसम्म पानी पर्ने

3.68K
shares

काठमाडौं, ४ वैशाख । बिहीवारबाट देशका विभिन्न ठाउँमा तीन दिनसम्म पानी पर्ने भएको छ ।अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी र कर्णालीमा वर्षा भईरहेको छ । स्थानीय वायुको चाप न्यून भएकोले सुदुरपश्चिम प्रदेश बाहेकको प्रदेशमा वर्षा भइरहेको छ ।

अबको दिन तीन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको हुदाँ जल तथा मौसम पूर्वानुमान महाशाखाले कृषिबालीहरू भित्र्याउने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै बाली काट्न विभागले अनुरोध समेत गरेको छ ।