Dhulikhel Eco Banner new

सिद्धार्थ बैंकले ९ महिनामै कमायो १ अर्ब ६६ करोडबढी नाफा

2.47K
shares

काठमाडौं, ७ वैशाख । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म १ अर्ब ६६ करोड भन्दा बढी खुद नाफा गरेको छ।

बैंकले गत वर्षको सोहि अवधिमा १ अर्ब ६८ करोड खुद नाफा गरेको थियो चालू आवमा बैंकको खुद नाफा सामान्य घटेको हो। बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानीमा भने बढेको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६ अर्ब रुपैयाँ रहेकोमा चालू आवमा बढेर ६ अर्ब ३३ करोड नाघेको छ। सञ्चालन नाफा पनि गत वर्ष करिब साढे ७ अर्ब रहेकोमा चालू आवमा बढेर सवा ८ अर्ब नाघेको छ।

बैंकको सञ्चालन नाफा र इम्पेयमेन्ट चार्ज बढेकाले खुद नाफामा दबाब परेको हो। चालू आवमा बैंकको सञ्चालन नाफा २.४० प्रतिशतले घटेर २ अर्ब ३८ करोडमा झरेको छ भने इम्पेयरमेन्ट चार्ज १ अर्ब ७० करोडबाट बढेर २ अर्ब २१ करोड नाघेको छ।

त्यसैगरि  बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रहेको छ भने जगेडा कोषमा १८ करोड र रिजर्भ कोषमा १४ अर्ब ९५ करोड रहेको छ। बैंकको निष्क्रिय कर्जा ४.०४ प्रतिशत, प्रतिशेयर आम्दानी (ईपीएस) १५ रुपैयाँ ८९ पैसा, प्रतिशेयर नेटवर्थ २०७ रुपैयाँ ४८ पैसा र वितरणयोग्य नाफा पौने १९ करोड रहेको छ।