नौ महिनामै ४७ अर्बको खाद्यान्न आयात, व्यापार घाटा ४७ अर्ब नाघ्यो
वि.सं.२०८२ वैशाख ८ सोमवार १३:५२
shares

काठमाडौं,८ वैशाख । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा नेपालले ४७ अर्ब बराबरको खाद्यान्न आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा देशमा ४७ अर्ब ८५ करोड ७० लाख ९१ हजारको खाद्यान्न आयात गरेको हो ।
सो अवधिमा नेपालले करिब ६ करोड १७ लाख ३१ हजारको मात्र खाद्यान्न निर्यात पनि भएको छ । आयात र निर्यातबीचको ठूलो अन्तरका कारण नेपालले खाद्यान्न क्षेत्रमा मात्रै ४७ अर्ब ७९ करोड ५३ लाख ६० हजारको व्यापार घाटा बेहोर्नु परेको देखिएको छ।
सो अवधिमा सरकारले खाद्यान्न आयात गर्दा ४ अर्ब २९ करोड १७ लाख ४९ हजार राजस्व संकलन गरेको छ । नेपालमा धान, चामल, गहुँ, मकैलगायतका खाद्यान्न मुख्य रूपमा भारत, चीन, अमेरिका लगायतका मुलुकहरूबाट आयात हुने गरेका छन्।



















