Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.95K
shares

काठमाडौं, ८ बैशाख । सोमवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ४.०४ अंकले बढेर २,७०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ८ अर्ब ७५ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले कमाएका छन् भने  युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ९.०७ प्रतिशतका दरले कमाएका छन् ।