Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

4.32K
shares

काठमाडौं, ९ वैशाख । मंगलवार शेयर बजारमा सामान्य अंकले घटेको छ । शेयर बजार ४.९३ अंकले घटेर २,६९३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ३२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन क्रेष्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् भने मकर जितुमाया सुरी जलविद्युतका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, ग्रिनलाइफ जलविद्युतका लगानीकर्ताले ५.५७ प्रतिशतका दरले कमाएका छन् भने तेह्रथुम पावरका लगानीकर्ताले ४.९७ प्रतिशतका दरले कमाएका छन् ।