शेयर बजारमा ८ अर्ब ३२ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ वैशाख ९ मंगलवार १५:३३
3.2K
shares
shares

काठमाडौं, ९ बैशाख । शेयर बजारमा ८ अर्ब ३२ करोडको कारोबार हुँदा ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ४४ करोड ६० लाख शेयर कारोबार भएको हो ।
यसदिन हिमालयन पावर पाटर्नरको ४० करोड ९४ लाख कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३६ करोड ४८ लाख कारोबार भएको छ ।
त्यसैगरि नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ६४ लाख कारोबार भएको छ भने राधी ग्रुप पावरको ३५ करोड ५४ लाख कारोबार भएको छ ।



















