Dhulikhel Eco Banner new

नेपालको राष्ट्रिय फल ‘सुन्तला’ ठुलो परिमाणमा आयात

3.37K
shares

काठमाडौं, १० वैशाख । नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने र राष्ट्रिय फलका रूपमा मान्यता पाएको सुन्तला देशभित्रै पर्याप्त उत्पादन हुँदाहुँदै पनि विदेशबाट ठूलो परिमाणमा आयात भइरहेको छ। यसले नेपालको अर्थतन्त्रमा प्रतिकूल असर पारिरहेको देखिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा मात्रै नेपालले १ अर्ब ६ करोड १३ लाख ५६ हजार रुपैयाँ बराबरको सुन्तला विदेशबाट आयात गरेको छ। सोही अवधिमा १ करोड ५३ लाख ४३ हजार ६९५ किलो सुन्तला भित्र्याइएपछि सरकारलाई २० करोड ३९ लाख ३६ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ।

यही अवधिमा अन्य फलफूलको आयात पनि उल्लेखनीय रहेको छ। स्याउको आयात मूल्य ७ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने अङ्गुरमा १ अर्ब ४० करोड, खरबुजामा ३२ करोड, आँपमा २५ करोड, आरुमा २३ करोड, मेवामा २० करोड, किवीमा १७ करोड, अम्बामा ६ करोड, भुइँकटहरमा १० करोड र एभोकाडोमा ५ करोड रुपैयाँ बराबरको आयात भएको छ।