Dhulikhel Eco Banner new

दोर्दी खोला कम्पनीले खुलायो पुनः हकप्रद शेयर

2.63K
shares

काठमाडौं, १२ वैशाख । दोर्दी खोला कम्पनीले निष्कासन गरेर बन्द समेत गरिसकेको हकप्रद शेयरमा आवेदन प्रक्रिया पुनः ३ दिनका लागि खुलाएको छ।

कम्पनीले फागुन १४ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१ को अनुपातमा गत चैत १९ देखि वैशाख ८ गतेसम्म १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको थियो।

तर कम्पनीका केही शेयरधनीहरूले आफ्नो हक बराबरको हकप्रद शेयरका लागि आवेदन दिन छुटेको गुनासो गरेपछि वैशाख १२ देखि १४ गतेसम्मका लागि पुनः निष्कासन गरेको हो।

यससँगै आवेदन दिन छुटेका शेयरधनीहरूले वैशाख १४ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्ने भएका छन्।